२७ असार २०८३, शनिबार

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई झन्झट तथा हैरानी दिन कार्यमा संलग्न रहेको आरोपमा शुक्रबार तीन जनालाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२ का २२ वर्षीय अंकितकुमार साह, सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय चिन्टुकुमार सिंह र धनुषाधाम नगरपालिका–३ का करिब २१ वर्षीय राजेश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ४ बजे यातायात व्यवस्था कार्यालय मुजैलियामा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा विचौलियाको काम भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटाइएको थियो । सो क्रममा तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।