१९ असार २०८३, शुक्रबार

बालेनविरूद्व भारतीय व्यापारीको प्रदर्शन

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहविरूद्व भारतीय व्यापारी पनि आन्दोलनमा उत्रिएका छन् ।

सिमावर्ती क्षेत्रका भारतीय व्यापारीहरुले बालेनका कारण व्यापार नभएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । नेपाल सरकारले भारतबाट ल्याइने सामानमा कडा भन्सार नीति लागू गरेपछि आफ्नो व्यापार सुकेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

नेपाल सरकारले नेपाली रुपैयाँ १०० भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य रूपमा लागू गरेपछि सीमावर्ति क्षेत्रका भारतीय व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल सरकारको कदमविरुद्ध भारतीय व्यापारीहरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।