४ असार २०८३, बिहिबार

सहकारी ठगीमा रास्वपाका नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन् ।

बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन् ।