२४ जेष्ठ २०८३, आइतबार

कीर्तिपुरमा युवकको हत्या गर्नेलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही दिनअघि काठमाडौंको कीर्तिपुरमा एकजना युवकको हत्या गर्ने आरोपीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

काठमाडौँको कीर्तिपुरमा वैशाख २३ गते गुल्मीको धुरकोटका विपिन घिमिरेको खुकुरी प्रहार गरि हत्या गरिएको थियो। हत्यामा संलग्न रहेको आरोप लागेका तीन जना त्यही दिन पक्राउ परेका थिए भने एक जना सुजन शाही फरार रहेका थिए।

सुजनलाई चोभारबाट पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड गोली चलाएको हो । उनले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले जवाफी फायर गरेको जानकारी दिएको हो ।

गोली लागेर घाइते भएका सुजनलाई प्रहरीले अस्पताल भर्ना गरेको छ ।