९ असार २०८३, मंगलबार

प्रधानमन्त्री बालेन आज पनि संसद्‌मा नजाने

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज पनि संसद बैठकमा नजाने भएका छन् ।

आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची भएपनि नजाने भएका हुन् । बालेनको अनुपस्थितिमा आजको संसद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नको जबाफ दिनेगरी संसद् सचिवालयले कार्यसूची तयार पारेको हो ।

हिजो संसद् सचिवालयले प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिने कार्यसूची सार्वजनिक गरे पनि पछि बालेन संसद्‍मा उपस्थित नै नभएपछि सबै विपक्षी सांसदले त्यसको चर्को विरोध गरेका थिए।