२६ जेष्ठ २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुनेछ । सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन साहले दिने सम्भावित कार्यसूची रहेको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले जिज्ञासा राखेका थिए । जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री साहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्री साह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए ।

नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट समेत प्रस्तुत हुनेछ ।