२९ असार २०८३, सोमबार

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो। आदेशमा निवेदकको माग बमोजिम किन आदेश दिन नपर्ने हो, त्यसको कारण भए पेश गर्नु भनेको छ।

बहालवाला न्यायाधीश विरुद्धसमेत उजुरी दिन सक्ने गरी आयोग गठन गरिएपछि अधिवक्ता डा. प्रेमराज सिलवालले वैशाख २९ गते रिट दायर गरेका थिए।

यससँगै सर्वोच्चले अन्तरिम आदेश दिन वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई जेठ ६ गते छलफलका लागि पनि बोलाएको छ।