२२ असार २०८३, सोमबार

प्रतिनिधि सभा बैठक : भोलि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले बिहीबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।

भोलिको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुने सभामुखले जानकारी दिएका छन्।

‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३–०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनको लागि समेत प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ साल वैशाख ३१ गतेको तोकेको जानकारी गराउँछु,’ सभामुख अर्यालले भने।