काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वा सांसदलाई सदनमा आउन मिति तोक्ने अधिकार आफूसँग नरहेको बताएका छन् ।
आज प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि सभामुखले प्रष्टीकरण दिएका हुन् । विपक्षीले प्रधानमन्त्रीलाई सदनमा बोलाउन रूलिङको माग समेत गरेका थिए ।
सभामुख अर्यालले कुनै पनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको बताए । सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफूले छलफल गर्ने बताए ।
उनले भने, ‘हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिहेका छौँ । हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ । तर, अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्यो भनेर । म माननीय सदस्यहरूलाई आगामी दिन पनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सदनमा आउन सक्नु हुन्छ वा सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिनँ,’ ।















प्रतिक्रिया