काठमाडौं । चलचित्र लालीबजार रोक्न माग गर्दै मुद्दा हाल्ने रोशनी वादी पक्राउ परेकी छिन् ।
सर्वोच्च अदालतको इजलासभित्रै अमर्यादित व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘लालीबजार’ सम्बन्धी मुद्दाकै सुनुवाईका क्रममा उनले हुलहुज्जत गर्ने लगायतका अमर्यादित व्यवहार देखाएकी थिइन् ।
उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। आज न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा मुद्दाको सुनुवाई भएको थियो ।
आदेश आउन भने बाँकी छ ।









प्रतिक्रिया