२ असार २०८३, मंगलबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।