२१ जेष्ठ २०८३, बिहिबार

प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

प्रधानमन्त्री साहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ ।