२० असार २०८३, शनिबार

जेनजी आन्दोलनको मानवअधिकार आयोगको प्रतिवेदनमाग गर्दै प्रदर्शन, केहि पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानको आयोजनामा ललितपुरस्थित हरिहरभवनमा रहेको आयोगको कार्यालय नजिक प्रदर्शन गरिएको हो ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा युवाहरुले ‘मानवअधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ ?’, ‘सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ ?’, ‘मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ?’ तथा ‘सरकार डरायो, प्रतिवेदन हरायो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।