९ असार २०८३, मंगलबार

राष्ट्रियसभा बैठकमा आज ८ वटै अध्यादेश पेश गरिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपतिबाट जारी ८ वटै अध्यादेश पेश हुने भएको छ ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ८ वटै अध्यादेश पेश गर्ने तय गरेको हो ।

यसैगरी, दलको नेताहरूले सम्बोधन गर्ने पनि तय भएको छ ।

कार्यसूची अनुसार दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका विषय टुङ्गो लागेको हो ।