काठमाडौं । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारका नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
‘नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नु हुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।








प्रतिक्रिया