२३ असार २०८३, मंगलबार

ऋषि धमलाले तिरे २३ लाख

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार ऋषि धमलाले २३ लाख भडा तिरेका छन् ।

समाज कल्याणपरिषदको भृकुटीमण्डपस्थित भवन भाडामा लिएर धमलाले रिपोटर्स क्लब चलाएका थिए । जसको ७३ लाख बढी उनले भाडा तिरेका थिएनन् । जसमध्ये अहिले उनले २० लाख तिरेका हुन् । हालसम्म सटर, हल, भवन भाडामा लिएकाहरुले ४० लाख रुपैयाँ बक्यौता बुझाएका छन्।

कृष्णप्रसाद लामिछानेले ७ लाख १८ हजार, मनकला श्रेष्ठले ३ लाख ३६ हजार, चित्रबहादुर पण्डित क्षेत्रीले २ लाख १९ हजार तिरेका छन्।

समाज कल्याण परिषदको भृकुटीमण्डप कार्यालयका अनुसार नारायण निरौलाले २ लाख ७३ हजार बुझाएका छन्। अझै करिब ७ करोड रुपैयाँ उठाउन बाँकी छ।