काठमाडौं । प्रधानन्यायाधीसमा सिफारिस डा. मनोजकुमार शर्माविरूद्व उजुरी आह्वान गरिएको छ ।
आज संसदीय सुनुवाइ समितिले शर्माको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान गरेको हो ।
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उनले बताए । जेठ ५ गते बस्ने समिति बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययन हुने उनको भनाइ छ ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।








प्रतिक्रिया