२६ असार २०८३, शुक्रबार

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीस सिफारिस विरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

हिजो (बिहीबार) संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्मालाई सिफारिस गरेपछि वरिष्ठ अधिवक्ता त्रिपाठी, ढकाल र सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको रिटमा उल्लेख छ । संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताए ।

त्रिपाठीले वारेशमार्फत पेस गरेको रिटमा भनिएको छ, ‘प्रवृत भावना राखी विना कुनै तर्कपूर्ण आधार संवैधानिक परिषदले गरेको मिति २०८३ वैशाख २४ गतेको सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत,बदनीयतपूर्ण एव स्वेच्छाचारी भएकोले संविधानको धारा १३३(२) (३) बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रथम वरीयतालाई सिफारिस गर्नु भनी परमादेश समेत जारी गरी पाऊँ ।’

रिटमा संवैधानिक परिषद्को निर्णय यथास्थितिमा राख्न र संसदीय सुनुवाइको प्रक्रिया अघि नबढाउनु अन्तरिम आदेश माग गरिएको छ ।