१९ असार २०८३, शुक्रबार

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक भट्टले दिए राजीनामा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

उनले आफ्ना नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन दिएपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।

यसअघि सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।