२ श्रावण २०८३, शनिबार

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ ।

दुधौली नगरपालिका–१ मा बेहुलासहित जन्ती बोकेर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् ।

गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। बेहुला भने सकुशल छन् ।

घाइते हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका-१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षकै साने विक, ४० वर्षीय सोमबार नेपाली र सिन्धुलीको तीनपाटन-१ का २१ वर्षीय श्याम दुराल रहेका छन्।

घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था मध्यम छ ।