१ असार २०८३, सोमबार

बजार जान्छु भन्दै हिँडेकी महिलाको शव ११ दिनपछि शिवपुरी जंगलमा गाडेको अवस्थामा फेला

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । शिवपुरी जंगलमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ ।

तारकेश्वर नगरपालिका ३, तीनपिप्लेबाट वैशाख १२ गते बजार जान्छु भन्दै हिँडेकी ४५ वर्षीया सरिता तिवारीको शव शिवपुरी जंगलमा गाडेको अवस्थामा फेला परेको हो ।

उनको शव टोखा- १ स्थित शिवपुरी जंगलमा भेटिएको हो । उनको हत्या आरोपमा एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा-२ का ३५ वर्षीय अनिल डङोल हुन् ।

के कारणले हत्या गरेका हुन् भन्ने खुलेको छैन । अदालतबाट दुई दिनको म्याद लिएर डंगोलमाथि अनुसन्धान भइरहेको छ ।