७ श्रावण २०८३, बिहिबार

प्रधानमन्त्री बालेनकै निर्वाचन क्षेत्रका सुकुम्वासी आन्दोलित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापाको कमल गाउँपालिकामा भूमिहीन तथा सुकुम्वासीहरूले सोमबार प्रदर्शन गरेका छन्। काठमाडौँसहित विभिन्न ठाउँमा बस्ती हटाउन डोजर चलाइएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

भूमि अधिकार तथा श्रमिक संगठनको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउन नहुने, बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने र सम्मानजनक जीवनको ग्यारेन्टी माग गरेका छन्। उनीहरूले गाउँपालिका कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

प्रदर्शनकारीहरूले केही व्यक्तिको अतिक्रमणलाई आधार बनाएर सम्पूर्ण सुकुम्वासीलाई दोषी ठहर गर्न खोजिएको आरोप लगाउँदै वास्तविक भूमिहीनको पहिचान गरी उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। साथै, बल प्रयोगको सट्टा मानवोचित व्यवहार अपनाउनुपर्ने उनीहरूको भनाइ छ।