काठमाडौं । अष्ट्रेलियामा बालबालिका पिट्ने एकजना नेपाली युवक पक्राउ परेका छन् ।
सिड्नीमा एक बाल हेरचाह केन्द्रमा कार्यरत नेपाली युवा २४ वर्षीय जयन्द्रजंग शाही बालबालिकालाई थप्पड हानेको अभियोगमा पक्राउ परेका हुन्। यसअघि पनि बालबालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए । उनी दश दिनको अन्तरमा फेरि पक्राउ परेका हुन् ।
सीसीटीभी फुटेजमा उनले बच्चाहरु दिउँसो करिब १ बजे सुतेर निदाएको समयमा ३ र ४ वर्षका दुई जना बालकलाई थप्पड लगाएको देखिएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्न पनि अस्वीकार गरेको छ।
उनकी श्रीमतीले भने पारिवारिक वियोगका घटनाहरुका कारण उनको मानसिक स्वास्थ्य अवस्था राम्रो नभएको बयान दिएकी छिन्। उनलाई मे ५ अर्थात् भोलि मंगलबार फेरि अदालतमा उपस्थित गराइनेछ।








प्रतिक्रिया