काठमाडौं । सरकारले सरकारी जग्गामा बनाएको भन्दै भत्काएको अनामनगरको साततले घरमा हतियार, सेना र प्रहरीको बर्दी फेला परेको छ ।
धोबी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको उक्त घरमा आज डोजर चलाइएको थियो । त्यस क्रममा घरमा हतियार, सेना र प्रहरीको बर्दी भेटिएको हो ।
प्रहरीले घर धनी इन्द्र चाम्लिङलाई पक्राउ गरेको छ ।
सोधपुछका क्रममा उनले ति सामानहरू सुटिंग प्रयोजनका लागि राखिएको बयान दिएका छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया