काठमाडौं । रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण कसुरमा अदालतले सफाई दिएको छ ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बम्जनलाई सफाइ दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बूढानीलकण्ठस्थित उनको घरबाट ठूलो मात्रामा रकम बरामद गरेको थियो । त्यसपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाइएको थियो ।
बम्जनमाथि बाल यौन दूराचार तथा मान्छे बेपत्ता पारेको कसुरमा पनि मुद्दा चलाइएको थियो । उच्च अदालत जनकपुरले बाल यौन दूराचारको आरोपमा भने बम्जनलाई ६ चैत २०८१ मा सफाइ दिएको थियो । उच्च अदालत जनकपुरले सफाइ दिएको थियो ।
यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनी उच्च अदालत गएका थिए ।
बम्जनमाथि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोपसमेत लागे पनि सो मुद्दा हालसम्म अदालतमा दर्ता भएको छैन ।








प्रतिक्रिया