काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।
तीन दिने नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया हेर्ने ट्रम्पका विशेष दूत गोरले मन्त्री वाग्ले र खनालसँग भेटवार्ता गरेका हुन् ।
अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसैगरी परराष्ट्रमन्त्री खनालसँग नेपाल र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित बिहीबार काठमाडौं आएका थिए। तीन दिने नेपाल भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले प्रधानमन्त्री बालेन्द्र साहलाई पनि भेट्न खोजेकामा प्रधानमन्त्रीले भेट्न इन्कार गरेका छन् ।








प्रतिक्रिया