काठमाडौं । बल्खुमा एकजना सुकुम्बासी मृत भेटिएका छन् ।
सरकारले घर भत्काउने भएपछि वरक्तिएर निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत फेला परेका हुन् ।
‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ पत्नी सरिता राईले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’
राई परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दै आएको थियो ।
उनको मृत्युको कारण भने यकिन भएको छैन । तर उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया