२२ असार २०८३, सोमबार

रोल्पा जिप दुर्घटना : २१ घण्टा लगाएर शव निकालियो, चालक अझै बेपत्ता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोल्पामा हिजो भएको जिप दुर्घटनामा मृत्यु भएका २० जनाको शव निकालिएको छ ।

सुरक्षाकर्मीले २१ घण्टा लगाएर शव भिरबाट निकालेको हो । विकट भूगोल, भिरालो र खोँच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उद्वार गरिएका २० जनाकै सनाखत गर्न बाँकी छ । जिपका चालक अझै बेपत्ता छन् । जिप चालक बेदबहादुर बिक टाकुरा निवासी हुन्। उनको अवस्था खुलेको छैन। तर प्रहरीले उनको पनि मृत्यु भएको अनुमान गरेको छ।

दुर्घटनामा घाइते भएका रुकुमपूर्वको सिस्ने गाउँपालिका– ५ टाकुरा बस्ने वर्ष ३२ का समीर कामी भने रुकुमपूर्व जिल्ला अस्पतालमा उपचारपछि बिहीबार राति डिस्चार्ज भएका छन् ।