काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए।
यसअघिका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएपछि महानिर्देशक पद रिक्त रहेको थियो।















प्रतिक्रिया