११ श्रावण २०८३, सोमबार

पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दुर्गा भगवती गाउँपालिका–१, पिपराटोल बस्ने गौरीशङ्कर साह कलवारका ५ वर्षीय छोरा कृषको ज्यान गएको हो ।

घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६ः०० बजेतिर बालक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ः०० बजे बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

गर्मी बढ्दै जाँदा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।