५ श्रावण २०८३, मंगलबार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका र कालीकोटको सीमा नामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटनामा परि बेपत्ता भएका बाजुराको जगन्नाथ गाउँपालिका ६ रावल बाडा बस्ने अन्दाजी १८ वर्षका महेश रावल मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, नरहरिनाथ गाउँपालिका २ बस्ने अन्दाजी २५ वर्षका केशव विष्टले चलाएको प्रदेश ३ ०१ ००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २ सय मिटर तल पल्टिएको थियो । लौखु जिरो पोइन्ट–कोल्टी भित्र सडक खन्ने क्रममा निस्केको माटो कर्णाली करिडोरमा थुप्रिन गई सोही माटोको कारण कर्णाली करिडोर अवरुद्ध भएकोमा नयाँ निर्माण सडकबाट स्काभेटर सफा गर्न जाने क्रममा दुर्घटनामा परेको हो ।

डोजरमा चालकसहित तीन जना सवार रहेकोमा दुई जना सकुशल रहेकामा रावल बेपत्ता थिए । उनको खोजी कार्य गर्दा स्काभेटर भएको ठाउँबाट अन्दाजी तीन सय मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।

अपरेटर (चालक)लाई अस्थायी प्रहरी पोष्ट साजघाँट कालिकोटबाट नियन्त्रणमा लिइएको छ । मृतक रावलको शव पोष्टमार्टमको लागि कोल्टी आधारभूत अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सडकमा जम्मा भएको माटो सफा गरी सडक सुचारु गरिएको प्रहरीको भनाइ छ ।