काठमाडौं । राजधानीका विभिन्न स्थानबाट बस्ती भत्काइएपछि नाम टिपाउने सुकुम्बासी परिवारको संख्या ५४७ पुगेको छ ।
त्रिपुरेश्वरस्थित रंगशालामा बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासी परिवारको नाम संकलन गरिरहेका छन् । आइतबार साँझ साढे ६ बजेसम्म ५४७ परिवारले नाम टिपाएका हुन्।
प्राधिकरणमा नाम टिपाउनेको संख्या २१७ जना छन्। जसमा थापाथलीका ७२ परिवार, शान्तिनगरका ६२ परिवार, गैह्रीगाउँका ४४ परिवार र मनोहराका ३९ परिवार छन्।
त्यस्तै उपत्यका विकास प्राधिकरणमा ३३० परिवारले नाम टिपाएका छन्। जसमा थापाथलीका ६६ परिवार, गैह्रीगाउँका ४३ परिवार, सिनामंगलका २१ परिवार, शान्तिनगरका ५८ परिवार र मनोहराका ३० परिवार छन्।








प्रतिक्रिया