१९ असार २०८३, शुक्रबार

बुद्वजयन्तीमा सहभागी हुन प्रधानमन्त्री बालेन लुम्बिनी जाने, भाषण भने नगर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) यही बैशाख १८ गते लुम्बिनी जाने भएका छन् ।

२५७० औं बुद्धजन्यती समारोहमा सहभागी हुन प्रधानमन्त्री लुम्बिनी जाने भएका हुन् । प्रधानमन्त्री समारोहमा सहभागी भएर पूजा मात्रै गर्ने तय भएको सचिवालयले जानकारी दिएको छ ।

विगतमा राष्ट्रप्रमुख/सरकार प्रमुख बुद्ध जयन्तीमा सहभागी हुन आउने र कार्यक्रमलाई सम्बोधन गर्ने परम्परा थियो ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले प्रधानमन्त्रीको सम्बोधन सेडुलमा नराखिएको बताए । ‘अहिलेसम्म प्रधानमन्त्री र विभागीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लुम्बिनी आउने कार्यक्रम छ । प्रधानमन्त्रीले पूजा गर्ने तर भाषण नगर्ने भन्ने छ । बिहान ५ बजे कार्यक्रम शुरू हुने र ६ बजे सकिने छ ।’

प्रधानमन्त्री लुम्बिनी विकास कोषको संरक्षक रहने व्यवस्था छ ।