९ असार २०८३, मंगलबार

सुकुम्बासीको पहिचान गरेर नागार्जुनको अपार्टमेन्टमा राखिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रबाट हटाउन लागिएका सुकुम्बासीलाई नागार्जुनमा बनेको अपार्टमेन्टमा राखिने भएको छ ।

तत्कालका लागि केही दिन होल्डिङ सेन्टरमा राख्ने र लगत संकलनपछि वास्तविक सुकुम्बासीको पहिचार गरेर नागार्जुनस्थित अपार्टमेन्टमा राखिने भएको हो ।

यसअघि डा. बाबुराम भट्टराईको पालामा नागार्जुनमा सुकुम्बासीका लागि चारवटा ब्लकमा अपार्टमेन्ट बनाइएको थियो । तर सुकुम्बासीले त्यहाँ जान मानेका थिएनन् ।

सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् ।