काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ।
आज सर्वोच्च अदालतका न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले नै सुनुवाइ स्थगित गर्न माग गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनका आधारमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ। यस रिटमा अर्को पेसी भने तोकिएको छैन।
गत पुस ३० गते तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।








प्रतिक्रिया