काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर तीन लाख ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।








प्रतिक्रिया