काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)का सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टीका संस्थापकहरुको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद, अराजकतावाद, र अवसरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन्, ‘कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौँ ।’
महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।
आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७ औं स्थापना दिवसमा उपत्यकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौं बाहिर सम्बन्धित कमिटीहरुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन महासचिव पोखरेलले आग्रह गरेका छन् ।








प्रतिक्रिया