विराटनगर । प्रहरीले हवाईफायर गरेर एकजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
मोरङको रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर खैरो हेरोइन कारोबारमा संलग्न युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रतुवामाइ नगरपालिका वडा नम्बर १ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ छन् । विशेष सूचनाका आधारमा चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर३८एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले भाग्ने प्रयास गरेका थिए ।
मियाँको साथबाट ५ पोका गरी जम्मा ४ सय ७५ ग्राम ८ सय २० मिलिग्राम करिब आधा किलो खैरो हेरोइन बरामद भएको छ ।








प्रतिक्रिया