१४ असार २०८३, आइतबार

कान्छाराम तामाङलाई कांग्रेसले सोध्यो तीन दिने स्पष्टीकरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले कान्छाराम तामाङलाई तीन दिने स्पष्टीकरण सोधेको छ । केन्द्रीय अनुशासन समितिले जिल्ला कार्यसमिति रामेछापका सभापति तामाङलाई स्पष्टीकरण सोधेको छ।

पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो।

उनले केही दिनअघि आफू निकट नेताहरूको छलफलमा सभापति गगन थापासँग अर्बौँ रकम रहेको अभिव्यक्ति दिएका थिए ।