काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँका डाइभर्सनहरू बगाएका कारण सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलामा शनिबार राति पानीको बहाव अचानक बढ्दा डाइभर्सन बगाएको हो ।
राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ । सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।








प्रतिक्रिया