२४ असार २०८३, बुधबार

सवारी साधनको विवरण बुझाउन मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरू र मातहतका कार्यालयसँग रहेका सवारी साधनको विवरण बुझाउन निर्देशन दिएको छ ।

आज सबै मन्त्रालयहरूलाई पत्र काट्दै प्रधानमन्त्रीको कार्यालयले बिहीबारभित्र उक्त विवरण बुझाइसक्न निर्देशन दिएको हो ।

मन्त्रालयले सवारीसाधन नम्बर, डिजेलरपेट्रोल या विद्युतीय, प्रयोगकर्ताको नाम, पद र सवारीसाधनको अवस्था माग गरेको छ ।