६ श्रावण २०८३, बुधबार

जेनजी घटना जाँचबुझ आयोगको सिफारिसमा सुरक्षाकर्मीबारे छानबिन गर्न समिति गठन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सरकारले जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदनका आधारमा दोषी देखिएका सुरक्षाकर्मीमाथि थप छानबिनका लागि समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरिक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले सुरक्षा संयन्त्रको हकमा छुट्टै समिति बनाएर अध्ययन गर्न सिफारिस गरेको थियो ।