२५ असार २०८३, बिहिबार

आइपिएलमा चेन्नई र कोलकाता खेल्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नईमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ । जारी आइपिएलको यो २२ औँ खेल हो ।

खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। सिजनको सुरुआत कमजोर भएपछि दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

चेन्नई ४ खेलमध्ये १ मात्र जित निकालेको छ । उता कोलकाताले ३ खेल गुमाइसकेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।

चेन्नईका सञ्जु सामसन पछिल्लो खेलमा राम्रो लयमा देखिएका छन् । टोलीका कप्तान ऋतुराज गायकवाड भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् । टोलीमा देवाल्ड ब्रेविस, शिवम दुबे, सरफराज खान, जेमी ओभरटन, अकिल होसिन, नूर अहमद र खलील अहमद जस्ता खेलाडी छन् ।

कोलकाताका कप्तान अजिंक्य रहाणे टोलीका मुख्य ब्याटरमध्ये एक हुन् । टोलीमा फिन एलेन, अंगकृष रघुवंशी, क्यामरुन ग्रीन, रिंकु सिंह, रोभम्यान पावेल, रामदीप सिंह, सुनिल नारिन, अनुकुल रोय, नवदीप सैनी र कार्तिक त्यागी छन् ।

चेन्नईको चेपक मैदानमा हुने खेलमा स्पिनरहरूले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आजको खेल जित्ने टोलीले प्रतियोगितामा पुनरागमन गर्ने अवसर पाउनेछ भने हार्ने टोलीलाई बाँकी खेलमा थप दबाब हुनेछ ।