२१ असार २०८३, आइतबार

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको शुभकामना : दुःखको हरण होस्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्दै शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले शुभकामना दिएका हुन् ।

“सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्, सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्,“ प्रधानमन्त्री बालेनले शुभकामना दिएका छन् ।

बालेनले सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् । “नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,“ प्रधानमन्त्री बालेनले लेखेका छन् ।