२२ असार २०८३, सोमबार

सन्तोष परियारले पनि छाडे प्रलोपा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।

सोमबार साँझ करिब साढे ७ बजे परियारले पार्टीको डिजिटल प्लेटफर्ममा आफूले पार्टी छाडेको उल्लेख गरेका छन् । ती नेताले दिएको जानकारीअनुसार पार्टीभित्र पछिल्लो समय विभिन्न विवाद उत्पन्न भएका थिए ।

यसअघि अध्यक्ष परिषदबाट सुदन किराँती, दुर्गा सोब र ओजस्वी भट्टराईले राजीनामा दिइसकेका छन् । अध्यक्ष परिषदमा ५ जना सदस्य छन् । परियारलाई सम्पूर्ण जिम्मेवारीमा एक्लै जवाफदेही बनाउन खोजिएपछि उनी तनावपूर्ण अवस्थामा थिए ।

अहिले आएर चुनावको आर्थिक दायित्वको विषयसमेत जोडिन थालेपछि परियार चिन्तित रहेको बुझिएको छ । सोमबार साँझ उनले पार्टीका नेता, कार्यकर्ता माझ एउटा महत्त्वपूर्ण सूचना छाड्दै अलग भएको घोषणा गरेका हुन् ।

डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रलोपामा चुनावपछि नेताहरू तितरबितर भएका छन् ।