काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । भान्स भर्खरै इस्लामावाद पुगेको बीबीसीले जनाएको छ ।
करिब डेढ महिनादेखि जारी अमेरिका–इरान युद्धको अन्त्यका लागि तय भएको वार्ताका लागि भान्स इस्लामावाद पुगेका हुन् । त्यसअघि अन्य अमेरिकी विशेषदूत इस्लामावाद पुगेका थिए ।
वार्तामा इरानका विशेष प्रतिनिधिहरू सहभागिता हुने जनाइएको छ । आजदेखि सुरु हुने वार्ता कहिलेसम्म चल्छ भन्ने निश्चित नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।








प्रतिक्रिया