१ श्रावण २०८३, शुक्रबार

इरान–अमेरिकाबीच हुने इस्लामावाद वार्तामा चीनको भूमिका ’महत्त्वपूर्ण’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरान र अमेरिकाबीचको युद्धको स्थायी समाधानका लागि पाकिस्तानको इस्लामावादमा शनिबार वार्ता हुँदै छ । अप्रिल ११ मा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच पाकिस्तानको इस्लामावादमा वार्ता हुन लागेको हो ।

स्थायी युद्धविरामका लागि हुन लागेको यो वार्ताको मध्यस्थता पाकिस्तानले गरेको भए पनि स्थायी समाधान सुनिश्चित गर्न चीनको भूमिका निर्णायक हुने विज्ञहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

दुई हप्ते अस्थायी युद्धविरामका लागि इरानलाई मनाउन चीनको ठूलो भूमिका थियो । एक पाकिस्तानी अधिकारीले एएफपीसँग भने, “युद्धविराम घोषणा हुनुअघिको राति युद्धविरामको आशा क्षीण हुँदै गएका बेला चीनले हस्तक्षेप ग¥यो र इरानलाई प्रारम्भिक युद्धविराममा सहमत गरायो ।”

ती अधिकारीका अनुसार पाकिस्तानको प्रयास महत्त्वपूर्ण थियो । तर, निर्णायक सफलता नमिलिरहेको अवस्थामा बेइजिङले इरानी पक्षलाई मनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि एएफपीसँगको कुराकानीमा इरानलाई वार्ताको टेबलमा ल्याउन चीनले महत्त्वपूर्ण भूमिका खेलेको स्वीकार गरेका छन् ।