६ श्रावण २०८३, बुधबार

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्दैछ। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी हुने प्रधानमन्त्री बालेन साहको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधान सभाका सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुनमन्त्री देवप्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन्।

​नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भने अझै कार्यदलमा रहने प्रतिनिधि चयन गरिसकेका छैनन्।