४ श्रावण २०८३, सोमबार

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन्।

तिमल्सिनाकी पूर्वपत्नीसमेत रहेकी पूर्वमिस नेपाल उषा खड्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी परिसरमा उजुरी दिएकोमा प्रहरीले आज भकतपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तिमल्सिनामाथि अनुसन्धान भइरहेको छ। २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।

अहिले उनीहरू एउटै घरमा छुटाछुटै बस्दै आएका छन्। अदालतले नै घरलाई दुई जनाको नाममा बनाइदिएको थियो। एउटै घरमा बस्दै गर्दा तिमल्सिनाले अभद्र व्यहार गरेको खड्कीको आरोप छ।