काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा बसिरहेका सातजना नेपालीलाई उद्धार गरी सोमबार नेपाल फर्काएको छ ।
कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघको सहजीकरणमा उनीहरूलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
उद्धार गरिएकाहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए । उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएको थियो ।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको पनि दूतावासले जनाएको छ ।








प्रतिक्रिया